रामेछापमा शव बोकेको एम्बुलेन्स दुर्घटना

२०८२ जेष्ठ ८, बिहीबार

रामेछाप : दोरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिका-३ भिरपानीमा दुर्घटनामा परेको छ।

दुर्घटनामा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जनाएको छ। आत्महत्या गरेका व्यक्तिको शव लिएर काठमाडौं जाँदै गरेको प्र ३ -०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

दुर्घटनामा परी दोरम्बा शैलुङ्ग गाउँपालिका-२ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबाहादुर दमाई घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार