पेस्तोल र गोलीसहित तनहुँमा दुई जना पक्राउ

२०८२ जेष्ठ ८, बिहीबार

काठमाडौं : तनहुँमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन् ।

आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट मेड इन यूएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई प्रहरीले बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका-७ गौरी नगर बस्ने ३२ वर्षीय विजय तिवारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार