आवासीय क्षेत्रमा विमान खस्दा १५ घरमा आगलागी

२०८२ जेष्ठ ८, बिहीबार

काठमाडौं : अमेरिकाको सान डिएगोमा बिहीबार बिहान एउटा विमान आवासीय क्षेत्रमा खसेको छ।

यो दुर्घटना आवासीय क्षेत्रमा भएको र धेरै घर तथा कारमा आगलागी भएको बीबीसीले जनाएको छ। बिहीबार बिहान कुहिरोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान खसेको स्थानीय अधिकारीले बताएका छन्। विमान खस्दा करिब १५ घरमा आगलागी भएको छ। धेरै ब्लकमा बस्ने अरूले आफ्नो घर खाली गर्नुपरेको छ।

तर अहिलेसम्म यस दुर्घटनामा कोही घाइते भए वा विमानमा को-को सवार थिए भन्ने कुरा थाहा भएको छैन। संघीय उड्डयन प्रशासनले दुर्घटनाग्रस्त विमानको मोडेलअनुसार ६ देखि ८ जनासम्म यात्रु बोक्न सक्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार