गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा अर्को निवेदन

२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौँ : गभर्नर विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै पुनः सर्वोच्च अदालतमा निवेदन पेस भएको छ।

अधिवक्ताहरु अनन्तराज लुइँटेल, विशाल थापा, प्रतिभा उप्रेतीले पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालत प्रशासनमा शुक्रबार निवेदन दिएका हुन्। उनीहरुको निवेदन अध्ययनकै क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ।

यसअघि पनि नियुक्ति नै रोक्न माग गर्दै उनीहरुले रिट दिएका थिए। तर त्यो रिट अपरिपक्व भन्दै सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको थियो भने त्यसविरुद्धको अर्को निवेदनमा पनि इजलासले दरपीठलाई सदर गर्दै रिट दर्ता अस्वीकार गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार