काठमाडौँ : योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल कोशी प्रदेशको अध्यक्षमा विक्रमबाबु फियाक निर्वाचित भएका छन् ।
वाइसिएल कोशीको बिहिबार सम्पन्न प्रथम अधिवेशनले फियाकको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा दिलविक्रम लिम्बू र टाइसन केरुङ थेगिम, सचिवमा शुभलाल राई, सहसचिवमा दिपेन जबेगू, ईश्वर पोखरेल, उषा परियार, जनक लुहागुन, रोहित आङ्बो, टेकबहादुर रसाईली, र कोषाध्यक्षमा युवराज राई निर्वाचित भएका छन् ।
अधिवेशन इटहरीमा सम्पन्न भएको हो ।





