रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा

२०८२ जेष्ठ १०, शनिबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ।

आज बसेको रास्वपा केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठकले गृहमन्त्री  लेखकको राजीनामा माग गरेको हो।रास्वपाले गृहमन्त्री र उनको सचिवालय ‘भिजिट भिसा’मार्फत् मानव तस्करीमा प्रकरणमा संलग्न रहेको कुरा सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौँ ।

साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार