काठमाडौँ : बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार राति साढे ११ बजे मधुवन नगरपालिका ८ लालसिंह चोकस्थित हुलाकी सडक खण्डमा दुईवटा मोटरसाइकल आपसमा ठोकिएका हुन्।
प्रहरीका अनुसार गुलरिया नगरपालिका २ का देवानन्द यादवले चलाएको भे १३ प २६६९ नम्बर र मधुवन नगरपालिका ८ लालीबजारका टंकबहादुर बीसीले चलाएको भे ६ प ५४१ नम्बरका मोटरसाइकल ठोकिँदा दुवै चालकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालक टंकबहादुर र पछाडि बसेका गुलरिया २ का ३२ वर्षका अनुपम यादव तथा अर्का मोटरसाइकलका चालक देवानन्द यादव घाइते भएका थिए।
उपचारका लागि बर्दिया अस्पताल गुलरिया पठाइएकामा राति साढे १२ बजे चालकद्वय टंकबहादुर र देवानन्दको मृत्यु भएको हो। अनुपम यादवलाई भने थप उपचारका लागि नर्सिङहोम नेपालगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ। दुई जनाको शव बर्दिया अस्पतालमा राखिएको बर्दियाका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर डम्बरपालले बताए।





