काठमाडौं : नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो । उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन् । नेतृत्वको स्वभाविक दावेदार रहेका उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी उमेर हदका कारण संगठनबाट बाहिरिनेछन् ।
अध्यक्ष पदका बलिया दाबेरदार रहेका महासचिव नरेश रोकाया पनि उमेर हदका कारण संगठनबाट बाहिरिनेछन् । सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी र विनिता काफ्ले पनि उमेर हदका कारण संगठनबाट बारिने भएका छन् ।
३२ वर्ष उमेर नकटेका सचिवहरु दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटीले भने नेतृत्वमा दावी गर्न सक्नेछन् । अ





