राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीसँग जवाफ

२०८२ जेष्ठ १३, मंगलवार

काठमाडौँ : प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ । मंगलबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले नैतिकताको आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भने, ‘नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ । साथै आज बसेको संसदीय दलको बैठकले सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालको संविधानको ठाडो उल्लंघन गर्दै जेठ १५ गते हुने राप्रपा लगायत दलहरू मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको छ । प्रधानमन्त्रीले त्यो अभिव्यक्तिको जवाफ माग्ने ।’

बैठकले जेठ १५ गते राप्रपा लगायत दलहरू मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार