गृहमन्त्रीको राजीनामा माग्नु षड्यन्त्रपूर्ण : कांग्रेस

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं : नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नु सरकार असफल पार्ने षड्यन्त्र भएको टिप्पणी गरेको छ। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अख्तियारले कर्मचारीलाई किन बोलायो भन्ने पनि नप्रस्ट्याउँदै गृहमन्त्रीको राजीनामा मागिएको बताए।

‘कर्मचारीलाई अख्तियारले किन बोलाएर सोध्यो। किन, के सोध्यो भन्ने पनि प्रस्ट्याएको छैन। न थुनामा राखेको छ। न कुनै मुद्दा अभियोजन गरेको छ। यत्तिकैमा गृहमन्त्रीको राजीनामा माग्नु कुनै न कुनै षड्यन्त्र भएको छ। गृहमन्त्रीलाई मात्रै होइन, सरकारलाई असफल पार्ने षड्यन्त्रको कडी हो भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने।

उनले प्रतिपक्षले निहुँ खोजिरहेको आरोपसमेत लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार