वीरगञ्जमा दिनदहाडै लुटियो कुर्मीको १ लाख ४० हजार, खोइ सुरक्षा ?

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं : वीरगञ्ज महानगरपालिकाको मुटु मानिने घण्टाघर क्षेत्रमा मंगलबार दिउँसो करीब २ बजे एक वृद्धको १ लाख ४० हजार रुपैयाँ लुटिएको छ। यो घटनाले शहरमा अपराधीहरूको मनोबल उच्च भएको र नागरिक सुरक्षामा गम्भीर प्रश्न उठाएको छ।

पर्साको सखुवा परसौनी वडा नम्बर ३ निवासी ५५ वर्षीय जोगिन्द्र राउत कुर्मीले आफ्नो जग्गा धितोमा राखेर लिएको १ लाख ४० हजार रुपैयाँ बैंकमा जम्मा गर्न घण्टाघर पुगेका थिए। उनले बताएअनुसार, वीरगञ्जको छपकैयास्थित मालपोत कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी रकम लिएर ई-रिक्सामा घण्टाघर आएका थिए। रिक्साबाट ओर्लने क्रममा एक युवकले उनले बोकेको झोलाबाट रकम छिनेर फरार भएको उनले बताए।

यो घटना घण्टाघरको मुख्य चोकमा भएको हो, जहाँ दैनिक सयौं बटुवाको आवतजावत हुन्छ र नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहन्छ। यस्तो व्यस्त र सुरक्षित मानिएको स्थानमा दिनदहाडै लुटपाट भएको घटनाले स्थानीय प्रशासनको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले भने, “हामी अहिले रकम लुटिएको छ कि छैन भनेर सिसिटिभी क्यामेरामा हेर्दै छौं। त्यहाँबाट अनुसन्धान प्रक्रिया अगाडि बढाउने छौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार