साना विषयलाई मसला बनाएर संसद् अवराेध गर्न हुँदैन : महेश बर्तौला

२०८२ जेष्ठ १६, शुक्रबार

काठमाडौं : सत्तारुढ दल नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सानासाना विषयलाई मसला बनाएर संसद अवरोध गर्न नहुने बताएका छन्।

शुक्रबार सभामुखले बोलाएको सचेतकहरुको बैठकपछि प्रतिक्रिया दिँदै बर्तौलाले संसदीय प्रणालीको सुदृढीकरणबारे दलहरुले सोच्नुपर्ने बताए।बैठकमा संसदको क्यालेन्डरको बारेमा छलफल भएको जानकारी दिँदै उनले बजेट पारित गर्नेसम्मका कार्यतालिका बनाएको बताए।

बर्तौलाले भने, ‘हामीले उहाँहरुलाई आग्रह ग¥यौँ– विशेष गरी संसदको आगामी बैठकहरु सहज ढंगले लैजाने कुरामा तपाइँहरुको सहयोगी भूमिका हुनुपर्छ, हरेक पटक हाउस बन्द गर्नका लागि सानासाना विषयहरुलाई पनि मसला बनाउनु राम्रो हुँदैन, त्यसले संसदीय प्रणालीको सुदृढीकरणमा निकै ठूलो चुनौति सिर्जना गर्छ। तपाइँहरुले यो पाटोमा गम्भीरताका साथ सोच्नुपर्छ भन्यौँ।’

संसद सहज रुपमा अघि बढाउन प्रतिपक्षी दलका सचेतकहरु सकारात्मक रहेको उल्लेख गर्दै उनले भने,‘बैठकमा चाहीँ धेरै नकारात्मक उहाँहरुको प्रस्तुती थिएन। यहाँ (बाहिर) आएर त अलि कडै कुरा गर्नुपर्ने उहाँहरुको पनि बाध्यता होला।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार