संगीतकार एवं गायक रसिकको निधन

२०८२ जेष्ठ १८, आईतवार

काठमाडौं : संगीतकार, गायक एवं साहित्यकार गणेश रसिकको निधन भएको छ । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा आज (आइतबार) उनको निधन भएको हो ।

७७ वर्षीय रसिक विगत ५ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए । उनको अन्त्येष्टि भोलि (सोमबार) गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली साहित्य, संगीत र गायन क्षेत्रमा रसिकको उल्लेखनीय योगदान रहेको छ । गीत संगीतमात्रै नभएर रसिकका कथा संग्रह, उपन्यास, संस्मरणसमेत प्रकाशन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार