सडक दुर्घटनामा २१ जनाको मृत्यु

२०८२ जेष्ठ १८, आईतवार

काठमाडौं : नाइजेरियाको उत्तर क्षेत्रमा भएको एक भीषण सवारी दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परेका यात्रुहरू हालै सम्पन्न भएको ( नाइजेरिया राष्ट्रिय खेल महोत्सव) बाट फर्किरहेका खेलाडीहरू थिए । सङ्घीय सडक सुरक्षाका प्रवक्ता ओलुसेगुन ओगुङबेमाइडले शनिबार अबेर वक्तव्य जारी गर्दै जानकारी दिएका अनुसार, कानो राज्यको टोली बोकेको बस शनिबार दिउँसो कडुना–कानो एक्सप्रेसवेमा दुर्घटनामा परेको हो । तीव्र गतिमा यात्रा गरिरहेको बस अनियन्त्रित भई सडकबाट बाहिर गई झाडीमा ठोक्किएको थियो ।

ट्राफिक प्रहरीले (थकान र अत्यधिक गति) लाई दुर्घटनाको कारण बताएका छन् । सडक सुरक्षाले चालकहरूलाई थकान र गति नियन्त्रण गर्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । साथै, ट्राफिक नियमको पालना र सतर्कता आवश्यक रहेकोमा जोड दिइएको छ । नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले यो दुर्घटना राष्ट्रका लागि एक विनाशकारी क्षण भएको बताए ।

नाइजेरियामा प्रायः सवारी दुर्घटनाहरू देखिन्छन्, जसको प्रमुख कारणमा ओभरलोडिङ्ग, खराब सडक अवस्था र लापरवाहीपूर्ण ड्राइभिङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार