देउवा–दाहालबीच फेरि फोन-सम्वाद

२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच फोन सम्वाद भएको छ ।

माओवादी केन्द्रसहित विपक्षी दलहरु गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोधको अवस्थामा रहेकै बेलामा देउवा र दाहालबीच फोन सम्वाद भएको खुलेको हो । दुई नेताबीच सदनको अवरोध खुलाउने विषयमा कुराकानी भएको उच्च स्रोतको दाबी छ । यसअघि दुई नेताबीच दाहाल देउवाको गृहजिल्ला पुग्दा फोनसम्वाद भएको थियो ।

माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामालाई बटमलाईन बनाएको छ । गृहमन्त्रीको राजीनामा नआएसम्म सदन सुचारु हुन नदिने उसको अडान आजको मितिसम्म कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार