सरकार र यातायात व्यवसायीबीच जुटेन सहमति

२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं : सरकार र यातायात व्यवसायीबीच सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् ।

चारवटै व्यवसायी महासंघले भोली पनि बन्द निरन्तर रहने बताएका छन् । पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै प्रमुख भएको भन्दै व्यवसायीले वार्तामा कुरा नमिलेको बताएका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलले निरन्तर छलफल भइरहेको बताए । छलफल सकारात्मक ढंगले अगाडी बढेको उनले जानकारी दिए ।

अब पुनः मंगलबार साढे १० बजे वार्ता हुने समेत बताईएको छ । सरकार र यातायात व्यवसायीबीच आज एक कार्यदल गठन भई छलफल अगाडी बढेको थियो । अरु बुँदामा सहमति नजिक कुराकानी भएको र १ नम्बर बुँदामा सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् । १ नम्बर बुँदामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखिएको छ ।

रातो नम्बर प्लेटले यात्रु बोक्न नपाउने भन्दै यस नियमावलीको विरोध गर्नु परेको सिटौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार