काठमाडौँ : सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएपछि भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको छ ।
सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबिच भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो। वार्ता निष्कर्षविहीन भएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए । ‘तपाईंहरू नियमावली स्थगित गर्नुस्, हामी आन्दोलन स्थगित गर्छौँ भनेका थियौँ, वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न भने सकिएन।’
उनको भनाइअनुसार भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायातका साधन चल्ने छैनन् ।





