कपिलवस्तु : कपिलवस्तुको यशोधरा गाउँपालिका–८ शिवखोरमा मंगलबार बिहान सवा ८ बजे स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु भएको छ।
महाराजगन्जतर्फ जाँदै गरेको बसले बाटोमा खेलिरहेकी शिवरतन बराइकी तीन वर्षीया छोरी प्रतिमालाई ठक्कर दिएको थियाे।
जिल्ला ट्राफिक कार्यालय गोरुसिङेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। बस प्रहरी नियन्त्रणमा छ र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।





