‘म झोले हुँ’ पोस्टरबारे ओलीको टिप्पणी: आलोचकहरू ‘बिचरा’

२०८२ जेष्ठ २०, मंगलवार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘झोले’ को रूपमा प्रस्तुत गरिएको सामाजिक सञ्जालको पोस्टरबारे टिप्पणी गर्दै त्यसको आलोचना गर्नेहरूलाई ‘बिचरा’ को संज्ञा दिएका छन्। उनले राम्रो काम र विचार बोकेर हिँड्नु सकारात्मक भएको बताए।

सोमबार कार्यलयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सामाजिक सञ्जालमा चर्चामा रहेको ‘म झोलेले हुँ’ भन्ने पोस्टर सेयर गर्नुको आशयबारे प्रश्न गर्दा प्रधानमन्त्री ओलीले उक्त प्रतिक्रिया दिएका हुन्। पोस्टरको सन्देशबारे सोधिएको प्रश्नमा उनले भने, ‘राम्रो काम बोकेर हिँड्नु, राम्रो कुरा, राम्रा विचार बोकेर हिँड्नु राम्रो कुरा।’

उक्त पोस्टरलाई लिएर कतिपयले खिसीट्युरी गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री ओलीले हाँस्दै संक्षिप्त प्रतिक्रिया दिए, ‘बिचराहरू’। यति भनेर उनी आफ्नो गाडीतर्फ लागेका थिए।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले उक्त आशयको पोस्टर सेयर गरेपछि त्यसले विभिन्न कोणबाट चर्चा पाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार