कोशी प्रदेशका दुई रास्वपा नेताको सदस्यता खारेज

२०८२ जेष्ठ २०, मंगलवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका दुई नेताको सदस्यता खारेज गरेको छ।

रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कोशी प्रदेशका निवर्तमान सभापति राजेश तिम्सिना र प्रवक्ता कमलबाबु मैनालीको पार्टी सदस्यता खारेज गरी केन्द्रीय समितिमा अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको हो। पार्टीको अनुशासन आयोगको प्रतिवेदन सहितको सिफारिसका आधारमा तिम्सिना र मैनालीको सदस्यता खारेज गरी अनुमोदनका लागि केन्द्रीय समितिमा लैजाने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

तिम्सिनालाई केही समयअघि पार्टी अनुशासन आयोगले निलम्बन गरेको थियो। उनी अहिले पितृशोकमा रहेको रास्वपाका नेताहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार