माधव नेपालसँग सरकारले प्रतिशोध साँधेको छैन : सञ्चारमन्त्री गुरुङ

२०८२ जेष्ठ २३, शुक्रबार

विराटनगर : सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिशोध नसाँधेको दाबी गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री गुरुङले सरकारले प्रतिशोध नसाँधेको दाबी गरेका हुन्।

गुरुङले संवैधानिक आयोगहरू स्वयत्त हुने भएकाले उनीहरूले गर्ने काम पनि स्वयत्त हुने स्पष्ट पारे। आयोगको काममा सरकारले हस्तक्षप नगर्ने गुरुङको भनाइ छ। ‘ती आयोगहरू स्वयत्त हुन्छन्, सरकारले निर्णय गरेर वा निर्देशन दिएर संवैधानिक आयोगहरूले माक गर्दैनन्,’ गुरुङले भने, ‘आयोगले गरेको काममा सरकारले गर्यो, प्रतिशोध साँध्यो भन्नु हुँदैन।’ गुरुङले सरकारले, मन्त्रिपरिषद्ले निर्णय गरेर कसैलाई छानबिन गरेको, मुद्दा हालेको भन्ने नभएको स्पष्ट पारे।

उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने बताए। भिजिट भिसामा कर्मचारीले गठबडी गरेको भन्ने आशंकामा छानबिन सुरु भएकाले गृहमन्त्रीले राजीनामा दिनु नपर्ने उनको तर्क छ। गुरुङले कर्मचारीमाथि छानबिन सुरु हुँदा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्दै बखेडा झिकेर प्रतिपक्षीहरूले प्रतिशोधको राजनीति गरेको आरोप लगाए।

कर्मचारीमाथि छानबिन गर्दै जाँदा परिस्थिति बदलीय गृहमन्त्रीले पनि राजीनामा दिनुपर्ने भए पनि अहिलै राजीनामा दिनु नपर्ने गुरुङले स्पष्ट पारे। उनले शिक्षा र निजामती विधेयक संसदको यही अधिवेशनबाट पारित हुने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार