विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल

२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक रहेको बताएका छन् । नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औँ जन्म जयन्तीका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सिपवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका हुन् ।

राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गरे । उनले विद्यालय तह देखिनै बालबालिकालाई आधुनिक समयको माग अनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले गुणस्तरीय, प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिई भविष्यमा योग्य र क्षमतावान् व्यक्तिका रूपमा उभिन सक्नेगरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत सबै पक्षले उत्तिकै ध्यान दिनु जरुरी रहेको बताए । उनले अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजार अनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता रहेको बताए ।

सो क्रममा राष्ट्रपति पौडेलले विद्यालयका पूर्वविद्यार्थी सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्रलगायत पूर्व विद्यार्थी एवम् विद्यालयमा योगदान पुर्‍याउनेहरूलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रदेशमा ६/६ महिनामा सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाउँदा हुन्छ : बाबुराम भट्टराई नेपाल प्रेस २०८३ साउन ९ गते १८:१९ 44 Shares facebook sharing buttonmessenger sharing buttonwhatsapp sharing buttontwitter sharing buttonsharethis sharing button काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेश सरकारमा विचार/नीति/कार्यक्रम मिल्ने दलहरूले पूरै कार्यकाल स्थायी गठबन्धन बनाएर चलाउन सुझाएका छन् । एउटै दलको बहुमत प्राप्त हुने भएकाले ६/६ महिनामा सरकार वा गठबन्धन फेरिरहनु भन्दा स्थायी गठबन्धन बनाउनु उपयुक्त हुने उनको भनाइ छ । उनको भनाइ जस्ताको तस्तै- नेपालको विशिष्ठ जातीय/भाषिक/क्षेत्रीय विविधता र ऐतिहासिक विभेदलाई आधुनिक लोकतान्त्रिक मूल्य-मान्यता अनुरूप दिगो रूपमा सम्बोधन गर्न र देशको भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्न लामो सङ्घर्षपछि संविधानसभाबाट संस्थागत गरिएको सङ्घीयता (भलै त्यसमा कतिपय अपूर्णता रहेको कुरा हामीले सुरुदेखि नै उठाउँदै आएका छौँ!) माथि विभिन्न कोणबाट आक्रमण हुनु विडम्बनापूर्ण र खेदजनक छ। देशको तथ्यपरक इतिहास र धरातलीय यथार्थप्रति त्यति जानकार र संवेदनशील नरहेको नयाँ पुस्ताको एउटा तप्काले सङ्घीयताप्रति आशङ्का गर्नु बरु त्यति चिन्ताजनक नहोला। तर पुराना दलहरूको एउटा सत्तालम्पट तप्काले राम्ररी जरा गाडिनसकेको सङ्घीयताप्रति वितृष्णा र भ्रम सिर्जना गर्न ‘मुखमा राम राम, बगलीमा छुरा’ भने झैँ जुन विद्रूप हर्कत गरिरहेको छ त्यो अत्यन्त खतरनाक र चिन्ताजनक छ। विशेषतः प्रदेश सरकारहरूलाई पुराना दलका शीर्षस्थहरूले जसरी अस्थिर, प्रभावहीन बनाउन र जनतामा सङ्घीयताप्रति नै वितृष्णा जगाउन नकारात्मक भूमिका खेलिरहेछन् त्यसप्रति सबै सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरू गम्भीर बन्नैपर्छ। वर्तमान निर्वाचन प्रणालीले एउटै दलको बहुमत प्राप्त हुन कठिन बनाएको वर्तमान अवस्थामा त्यसमा आवश्यक सुधार नभएसम्म प्रदेशसभामा उपस्थित दलहरूले ६/६ महिनामा सरकार वा गठबन्धन फेरिरहनु सट्टा विचार/नीति/कार्यक्रम मिल्ने दलहरूले पूरै कार्यकालनिम्ति स्थायी गठबन्धन बनाएर सरकार चलाउने र अरूले जिम्मेवार विपक्षको भूमिका निर्वाह गर्ने तरिका किन नअपनाउने ? अथवा ठूलो दललाई सरकार चलाउन दिने र अरू सरकार बाहिर बसेर गुणदोषको आधारमा समर्थन र विरोधको शैली किन प्रयोग नगर्ने ? स्मरण रहोस्, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान कायम रहे सबैको भविष्य सुरक्षित रहनेछ, नत्र…!

ताजा समाचार