निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

२०८२ जेष्ठ ३०, शुक्रबार

काठमाडौं : गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले षडयन्त्रपूर्वक आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूविरुद्ध उठाइएका आरोपहरू नियोजित ढंगले राजनीतिक प्रतिशोध स्वरूप ल्याइएका दाबी गरेका हुन्।

उनले भने, ‘म चुनौति दिएर माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु, तपाईंहरू नैतिकताको प्रश्न उठाउँदै हुनुहुन्छ भने तपाईंहरूसँग नैतिक बल छ भने हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएका विदेशी नागरिकबारे किन प्रश्न उठाउनु भएन? म नभएको बेला गएका हुन्। त्यसकारण म आग्रह गर्न चाहन्छु, यो नियोजित ढंगले, षडयन्त्रपूर्वक मेरो राजनीतिक चरित्र हत्या गर्न र राजनीतिक प्रतिशोध पूरा गर्न उठाइएको विषय हो।’

लेखकले यस्ता खालका ‘निकृष्ट राजनीतिक प्रवृत्ति’ बन्द गर्न विपक्षी दलहरूप्रति आग्रह समेत गरे। ‘तपाईंहरूका यस्ता चाहनाहरू बन्द गर्नुस्, म यो आग्रह गर्न चाहन्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार