प्रचण्डले वीरतापूर्वक आत्मसमर्पण गर्नुभयो : लिङ्देन

२०८२ जेष्ठ ३१, शनिबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वीरतापूर्वक आत्मसमर्पण गरेको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैै नेता लिङ्देनले भिजिट भिसा प्रकरणमा प्रचण्ड वीरतापूर्वक र बहादुरीका साथ पछाडि हटेको बताएका हुन् । ‘यो १७/१८ दिनदेखिको नाटक जुन हामीले देखिराखेका छौं । प्रमुख प्रतिपक्षी दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो । वीरतापूर्वक, बहादुरीका साथ पछाडि हटेको सुन्न पाइयो । यो हुने नै यही थियो ।

उनले भने– गणतन्त्रको रक्षाको लागि । गणतन्त्रको रक्षाको लागि होइन, लुटतन्त्रको रक्षाको लागि यो समझदारी भएको भन्ने कुरा आम जनताले बुझिरहेका छन्,’– उनले भने । देशमा रोजगारी नपाएर विदेशिने युवाहरुको भावनाको शोषण गर्दै दैनिक रुपमा भिजिट भिसामा जाने मानिसहरुबाट ५० लाख असुल गरेर माथिल्लो तहमा जान्थ्यो भन्ने कुरा आइरहेको र राजनीतिक तहको संलग्नताविना यो तहको काम हुन नसक्ने उनले बताए ।

नेता लिङ्देनले यो विषय गम्भीर रहेको उनले बताए । एमसीसी पास गर्ने बेलामा भएको व्याख्यात्मक टिप्पणी र अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच भएको सहमति पनि एमसीसीको सन्दर्भमा भएको व्याख्यात्मक टिप्पणीजस्तै रहेको उनले बताए । देशमा कुन प्रकारको लुट रहेको रहेछ भन्ने कुराबाट जनता अब अनभिज्ञ नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार