सर्वोच्चका प्रस्तावित न्यायाधिशविरुद्ध उजुरी गर्न आह्वान

२०८२ असार १, आईतवार

काठमाडौं : सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एकजना न्याय परिषद् सदस्यकाविरुद्ध उजुरी आह्वान गरिएको छ ।

संसदीय सुनुवाइ समितिले सूचना जारी गर्दै पदमा ‘नियुक्त हुन उपयुक्त छैन’ भन्ने लागेमा १० दिनभित्र उजुरु गर्न भनिएको छ । उजुरी समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय मार्फत पनि पठाउन सकिन्छ । वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन् ।

भोजपुरका महेशकुमार नेपाल न्यायपरिषद् सदस्य सिफारिए भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार