काठमाडौं : पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट अनुमति लिएको अवस्थामा उच्च अदालतले तत्काल उनलाई पक्राउ नगर्न भनेको हो।





