नेपालको कूटनीति कसले चलाइरहेको छ ? : ठाकुर गैरे

२०८३ श्रावण ८, शुक्रबार

काठमाडौँ : नेकपा (एमाले) का नेता ठाकुर गैरेले नेपालको वर्तमान कूटनीतिक सञ्चालन र सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्।सामाजिक सञ्चालन फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशको कूटनीतिक अवस्था र राज्यका निकायहरूको अन्योलप्रति चासो व्यक्त गरेका हुन्।

नेपालको कूटनीतिको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै नेता गैरेले लेखेका छन्, ‘नेपालको आजको कूटनीति ! प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालय के गर्दैछन्? परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालय बेखबरजस्तै देखिन्छन्।’ सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले सत्तारूढ दल नै सरकारका गतिविधिबारे बेखबरजस्तै देखिएको दाबी गरेका छन्।

संसद् र नागरिकको अन्योलता दर्श्याउँदै उनले अगाडि लेखेका छन्, ‘संसद्, राज्यका आधिकारिक निकाय र आम नागरिक सबै कुहिरोमा हराएको कागजस्तै अन्योलमा रहेको देखिन्छ।’

देशको परराष्ट्र नीति र कूटनीति कसको इसारामा चलिरहेको छ भन्ने विषयमा प्रश्न उठाउँदै गैरेले थपेका छन्, ‘गम्भीर प्रश्न उठेको छ, नेपालको कूटनीति कसले चलाइरहेको छ? सरकार, मन्त्रालय कि अरू नै कुनै अदृश्य शक्ति?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार