होटलको तेस्रो तलबाट खसेर युवकको मृत्यु

२०८२ असार ३, मंगलवार

हेटौंडा : मकवानपुरको होटलको तेस्रो तलबाट खसेर एक युवकको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका २९ वर्षीय अमित मोक्तानको हेटौंडा उपमहानगरपालिका–१० स्थित एक होटलको तेस्रो तलाबाट खसेर मंगलबार बिहान मृत्यु भएको हो । सोमबार होटलबाट खसेर घाइते भएका मोक्तानलाई हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपश्चात थप उपचार गर्न चितवनस्थित भरतपुर अस्पतालमा लगिएको थियो ।

उपचारका क्रममा उनको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त होटलमा मोक्तानकी पत्नी काम गर्थिन र त्यही होटलमा बस्थिन । मोक्तान पत्नीलाई भेटन आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार