एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

२०८२ असार ३, मंगलवार

काठमाडौ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।

नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने भए पनि गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो।

‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नु भयो। दुई दिन आउजाउमा समय गयो। परीक्षण ढिला सुरु भयो। अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन,’ परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले भने। अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका छन्।

‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौँ । केही ठाउँमा परीक्षण भइरहेको छ। सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटी नहुने गरी नतिजा सार्वजनिक गर्छौं,’ उनले भने।एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार