काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय २५ रूपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर २ हजार २ सय रूपैयाँ कायम भएको छ ।





