काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषदमा तानिएका छन् ।
उनीहरूलाई परिषदमा तान्ने निर्णय भएको परिषद् स्रोतले जनाएको छ । बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर उनीहरुलाई परिषदमा तान्ने निर्णय गरेको हो ।
न्यायाधीशद्वय थारु र महर्जनले गत जेठ १४ गते पूर्वसांसद आलमलाई सफाइ दिएका थिए ।





