दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

२०८२ असार ५, बिहीबार

काठमाडौं : उच्च अदालत, पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ सुनि आदेशलाई निरन्तरता दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार सो आदेशलाई निरन्तरता दिएको हो ।

अब पाठकले हालेको मुद्दा नटुंगिदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार