चितवनमा बस र माइक्रो बस ठोक्किँदा ७ जनाको मृत्यु

२०८२ असार ७, शनिबार

चितवन : चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस शनिबार बिहान एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ मा भएको सो दुर्घटनामा ३१ जना घाइते भएको चितवनका प्रमुख जिल्ल अधिकारी प्रकाश पौडेलले जानकारी दिएका हुन् । मृतकहरुको सनाखत भइनसकेको उनको भनाई छ । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किएको हो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार