दक्षिण कोरियाले तीन नेपालीलाई गर्‍यो निष्कासन

२०८२ असार ८, आईतवार

काठमाडौं : दक्षिण कोरियाले तीन जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरिया सरकारले तीन जना नेपालीलाई निष्कासन गरेको हो।

निष्कासन गरिनेमा देवान, सिंह र गौतम थरका एक-एक जना रहेका छन्। उनीहरूलाई गत साता काठमाडौं पठाएको स्रोतको भनाइ छ। स्रोतका अनुसार थाइ एयरवेजको जहाजबाट उनीहरूलाई काठमाडौं पठाइएको हो। अध्यागमन कानुन उल्लंघन गरेको बताइए पनि उनीहरू निष्कासन हुनुको पूर्ण विवरण नखुलाइएको स्रोतले जनाएको छ।

दक्षिण कोरिया नेपालीहरूको प्रमुख वैदेशिक रोजगारीको गन्तव्यको रूपमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार