प्रधानमन्त्रीले कुलिङ पिरियडमा हठ राख्नुभयो : शेखर कोइराला

२०८२ असार ९, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी विधेयकमा हठ राखेको बताएका छन् ।

आइतबार तनहुँमा भएको कार्यक्रममा नेता डा. कोइरालाले अरू दलले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भन्दा पनि प्रधानमन्त्रीको हठ किन ? भन्दै प्रश्न गरे । राज्य व्यवस्था समितिले पास गरेको संसद्मा पठाएको विधेयकलाई प्रधानमन्त्री ओलीको आदेशमा सभामुख देवराज घिमिरेले छलफलमा नल्याएको आरोप कोइरालाको छ ।

‘अरू दलले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भन्छन् । प्रधानमन्त्रीको हठ किन ? कसको लागि ?’ कोइरालाले प्रश्न गरे , ‘सचिव बनाउने, रिटायर्ड हुने बित्तिकै अख्तियारमा लग्ने, कसैलाई निर्वाचन आयोगमा लैजाने, कसैलाई महालेखामा लग्ने हो भने तिनीहरूले कसको काम गर्लान् ? भनेर हामीले कुलिङ पिरियड राख्न खोजेको हो ।’

अवकाशपछि कुलिङ पिरियड अरू देशमा पनि भएको कोइरालाले बताए । कांग्रेस सरकारमा रहेपनि सत्ता कांग्रेसको पकडमा नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार