काठमाडौं : सोमबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ६० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर २ हजार १ सय ७० रूपैयाँ कायम भएको छ ।





