वडाध्यक्षको निधनमा भोलि शोक विदा

२०८२ असार ९, सोमबार

काठमाडौं : थबाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको निधन भएको छ ।

उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । माओवादीबाट निर्वाचित उनी केही समयदेखि बिरामी थिए । वडाअध्यक्ष घर्तीमगरको निधनपछि थबाङ गाउँपालिकाले मंगलबार शोक विदा घोषणा गरेको छ ।

गाउँपालिका अध्यक्ष ऋषिकेशब बुढामगरले एक सूचना सार्वजनिक गर्दै गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार