सहायक रथी गौरव कुमार केसी उपरथीमा बढुवा

२०८२ असार १०, मंगलवार

काठमाडौं : नेपाली सेनाका सहायक रथी गौरवकुमार केसी उपरथीमा बढुवा भएका छन्। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।

केसी हाल पूर्वी पृतनाका निमित्त पृतनापति छन्। उपरथीमा बढुवा भएसँगै केसीलाई पूर्वी पृतनाको पृतनापतिको जिम्मेवारी दिने निर्णय भएको पनि एक मन्त्रीले जानकारी दिए। केही साता पहिले मात्रै केसी सैनिक प्रवक्ताबाट पूर्वी पृतनामा सरुवा भएका थिए।

नेपाली सेनाको अफिसर क्याडेडमा भर्ना भएका केसी २०४७ सालमा रोयल नेपाली सैन्य प्रतिष्ठान, खरिपाटीबाट तालिम सम्पन्न गरी पुरानो गोरख बटालियनमा सहायक सेनानीमा भर्ना भएका थिए। साढे तीन दशक लामो सैन्य करियरमा केसीले स्वदेश तथा विदेशमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।

उपरथीमा बढुवा भएका केसीले भारतको राष्ट्रिय रक्षा कलेजबाट स्नातक गरेका छन्। यस्तै संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी र मंगोलियाबाट विभिन्न कोर्ष पूरा गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर केसीले भारतको मद्रास विश्वविद्यालयबाट एमफिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार