एसिसी मेन्स यु-१६ : नेपाल आज जापानसँग खेल्दै

२०८२ असार १०, मंगलवार

काठमाडौं : एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दैछ। लगातार दोस्रो जितको लक्ष्यमा रहेको नेपालले  आज जापानसँग मैदानमा उत्रिन लागेको हो।

सो खेल मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ। नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दैछन्। नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरमा हराएको थियो।

विपिन प्रसाद शर्माको कप्तानीमा रहेको नेपाल प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट जस्ता खेलाडीका साथ मैदानमा हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार