खानी खोला हाईड्रोपावरले हकप्रद निष्कासन गर्ने

२०८२ असार १०, मंगलवार

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)ले खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको छ । सेबोनले आज स्वीकृति प्रदान गरेको हो। बोर्डबाट प्राप्त स्वीकृतिपछि कम्पनीले “हकप्रद शेयर निष्कासन सम्बन्धी व्यवस्था र विवरणहरू” प्रकाशन गर्न पाउनेछ।

कम्पनीले १ः१ अनुपातमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर जारी गर्नेछ। प्रति कित्ता मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ। यस शेयर निष्कासनको लागि कम्पनीलाई क्रेडिट रेटिङ संस्था ईक्रा नेपाल लिमिटेडले [ICRANP-IR] B रेटिङ प्रदान गरेको छ। सो रेटिङ अनुसार कम्पनीको वित्तीय स्थिति औसत देखिएको छ, र लगानीमा जोखिमको न्यूनतम स्तर रहेको बुझिन्छ।

हकप्रद शेयर निष्कासन तथा विक्री प्रवन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ। कम्पनीले अब नियमानुसार हकप्रद शेयरको विवरण, आवेदन प्रक्रिया, समयसीमा तथा अन्य आवश्यक सूचना सार्वजनिक गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार