जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

२०८२ असार १६, सोमबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जीबी राई पक्राउ गर्न सरकारलाई  चुनौती दिएका छन्।

उनले तीनजना गृहमन्त्री फेरिँदा पनि सहकारी पीडितहरूले न्याय नपाएको बताए । ’तिमीहरूले देश पछि चलाउलाउ, पहिले जीबी राई पक्रेर देखाऊ,’ शाहीले सोमबार फेसबुकमार्फत चुनौती दिएका छन् ।

उनले अगाडि भनेका छन्, ‘तीन वटा गृहमन्त्री फेरिँदा पनि सडकमा पसिना चुहाउँदै मकै पोलेर, सागका मुठा बेचेर जम्मा गरेको गरिबको पैसा खाने जीबी राई पक्राउ गर्न सकेनन्। अझै उनीहरूका ठूला गफ गर्छन्, देश चलाउँछौँ रे? जनताले पत्याइदिनु पर्ने रे ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार