काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निजामती विधेयकमा ठूलो षड्यन्त्र भएको बताएका छन्। बुधबार राज्यव्यवस्था समिति तथा सुशासन समितिको बैठकमा उनले षड्यन्त्र भएको र सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नु पर्ने बताए।
उनले भने, ‘नजानेर त्रुटि भएको होइन, टीममा को(को संलग्न छन् रु उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ । यो यत्तिकै सजिलै राखिएको होइन ।’ पाण्डेले समितिका सभापति, सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नु पर्ने माग गरे ।





