काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ हजार २ सय रुपैयाँ बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार २ सय रुपैयाँ बढेर १ लाख ९१ हजार ७ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ५५ रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर २ हजार १ सय ४५ रूपैयाँ कायम भएको छ ।





