काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ६ दिने चीन भ्रमणमा जाने भएका छन् ।
चीनमा आयोजना भएको वर्ल्ड सिभिलाइजेसन इनिसिएटिभको सम्मेलनमा भाग लिन नेता खनाल आइतबार त्यसतर्फ जान लागेका हुन् । खनाल ६ दिनपछि नेपाल फर्कने कार्यक्रम रहेको छ ।





