दाहसंस्कार गरिँदै गरेको चिता बाढीले बगायो

२०८२ असार २४, मंगलवार

काठमाडौं : चीनबाट उर्लिएर आएको बाढीले रसुवामा वितण्डा मच्चाउँदै धादिङको त्रिशूली नदीमा पनि अकल्पनीय घटना घटाएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदीमा दुःखद घटना घटेको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’का एक आफन्तको अन्त्येष्टिका लागि त्रिशूली किनारमा चिता बनाइएको थियो । बिहान करिब साढे ९ बजेतिर दाहसंस्कार चलिरहेकै बेला नदीमा अचानक बाढीको बहाव उर्लिएपछि जलिरहेको शवको अवशेषसहित चितालाई नै बगाएको हो ।

नदी किनारमा जोखिम हुनसक्नेबारे पालिकाभरि पूर्वसूचना जारी गरेको भएपनि बाढीको वेगले हेर्दाहेर्दै चिता बगाएको उनको भनाई छ । वडा नम्बर ७ का अध्यक्ष कुमार बस्नेतले चिता बगाएको दृश्यको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना थप चर्चामा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार