काठमाडौँ : रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पुगेको क्षतिको स्थलगत निरीक्षण गर्न उपप्रधान तथा अर्थमन्त्री र गृहमन्त्री जाने भएका छन्। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक मंगलबार दिउँसो त्यसतर्फ जाने भएका हुन्।
गए राति रसुवामा बाढी आउँदा कम्तीमा १८ जना बेपत्ता छन्, २ जनाको शव भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ९ जनाको उद्धार गरेका छन् ।





