काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितको टोली बाढी प्रभावित क्षेत्र रसुवा जाने भएको छ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली मंगलबार दिउँसो बाढी प्रभावित क्षेत्रमा जान लागेको हो। उक्त टोलीमा अर्थमन्त्री विष्णु पौडेल र तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ ।
नेपाल–चीन सीमा क्षेत्रमा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीले ठूलो जनधनको क्षति भएको छ। बाढीमा परी हालसम्म १८ जना बेपत्ता भएका छन्। बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ।





