जिबी राई कहाँ छन् ? : ज्ञानेन्द्र शाही

२०८२ असार २४, मंगलवार

काठमाडौं : प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सहकारी ठगीका नाइके जिबी राई कहाँ छन् भन्ने प्रश्न गरेका छन् ।

मंगलबारको बैठकमा प्रमुख सचेतक शाहीले सहकारीमा धेरै जनताको पैसा डुबेको भन्दै राईलाई खोज्न माग गरे । ‘झन्डै ७३ लाख ८१ हजार जनताको पैसा ठगी भएको छ सहकारीमा ।  राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्‍यो । यो खोजी कार्य जारी गर्न पर्‍यो,’ शाहीले भने ।पार्टी प्रतिपक्षमा हुँदा जिबीलाई पक्रेर ल्याउँछु भन्ने अहिलेका गृहमन्त्री कहाँ छन् भन्ने प्रश्न पनि शाहीले गरे ।

‘हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ । राईलाई कहाँ लुकाएर राख्नुभएको छ,’ शाहीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार