सरकारलाई दिएको समर्थन कायम राख्ने स्थिति रहेन : पूर्ण बस्नेत

२०८२ असार २५, बुधबार

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय सरकारलाई पार्टीले दिएको समर्थन कायम राखिराख्ने स्थिति नरहेको बताएका छन् ।

संविधान संशोधन, सुशासनको प्रत्याभभूति, अर्थतन्त्रमा सुधार र भ्रष्टाचार, कमिसनतन्त्र र लुटतन्त्रको नियन्त्रण गर्ने गठबन्धन सरकारले गरेको प्रतिबद्धता पुरा नभएपछि पार्टीले सरकारलाई दिएको समर्थन कायम राखीराख्ने स्थिति नरहेको बस्नेतले बताए । बस्नेतले भने, ‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । बुधबार बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्छ ।’

कांग्रेस एमाले गठबन्धन सरकारले कुनै क्षेत्रमा पनि गतिलो नतिजा दिन नसकेको उनको भनाइ छ । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार