माल्टाको समुद्रमा डुबेर नेपालीको मृत्यु

२०८२ असार २५, बुधबार

वारसा, पोल्यान्ड : युरोपेली मुलुक माल्टामा समुद्रमा डुबेर एक नेपाली युवकको ज्यान गएको छ। माल्टाको स्लेइमा बिच साइड समुद्रमा डुबेर नवलपरासी (पूर्व) दलदले, देक्चुली-१३ स्थायी घर भएका २५ वर्षीय रोबर्ट न्यौपाने (एलिस) को ज्यान गएको हो।

उनी रोजगारीको सिलसिलामा २० महिनाअघि मात्र माल्टा गएका थिए। माल्टाको क्‍वर्मीमा बस्ने एलिस ४ जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए। हिजो (मंगलबार) पौडी खेल्ने क्रममा एलिस अचानक बेहोस भएका थिए। उनीसँगै पौडी खेलिरहेका साथीहरूले एम्बुलेन्स बोलाएर उपचारका लागि मातर देई अस्पताल लगे पनि चिकित्सकले मृत घोषित गरेको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार